Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी

सियोल । दक्षिण कोरियाको संसदीय चुनावमा मतदान भइरहेको छ । चुनावले दक्षिण कोरियाली विधायिकाले राष्ट्रपति युन सुक योल नयाँ कार्यकालका लागि सक्षम रहने वा नरहने फैसला दिने योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजेदेखि मतदान शुरू भएको हो । देशभरी १४ हजार २५९ मतदान केन्द्रहरूमा साँझ ६ बजेसम्म चल्नेछ । तीन करोडभन्दा बढी व्यक्ति मतदान गर्न योग्य छन् ।

राष्ट्रियसभाको ३०० सदस्यका लागि हुने निर्वाचनमा २५४ सदस्यहरू प्रत्यक्ष निर्वाचित हुनेछन भने अन्य ४६ सदस्य समानुपातिक निर्वाचनबाट चयन हुनेछन् ।

प्रारम्भिक मतदानको आधारमा ७० प्रतिशतभन्दा बढी मतदान हुने आँकलन गरिएको छ ।

यसअघि सन् २०२० मा सम्पन्न आम निर्वाचनमा ६६।२ प्रतिशत मतदान भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077