Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हावाहुरीले त्रिभुवन विमानस्थलमा उडान अस्तव्यस्त, कतार एयरको जहाज ‘ओभरसुट’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीका कारण उडान अस्तव्यस्त भएको छ ।

खराब मौसम र हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेका छैनन् ।

विदेशबाट आउने जहाज अन्तै डाइभर्ट गरिएका छन् भने केही आकाशमै होल्ड भएका छन् । चीनबाट आएको चाइना इस्टर्न जहाज बंगलादेशको ढाका डाइभर्ट गरिएको छ भने भारतको दिल्लीबाट आएको इन्डिगो जहाज दिल्लीमै फिर्ता भएको छ ।

त्यस्तै बंगलादेशको ढाकाबाट आएको विमान, दिल्लीबाट आएको भिस्तारा र दोहाबाट आएको कतार एयरवेजका तीनवटा जहाज यतिबेला काठमाडौंको आकाशमा होल्ड गरिएका छन् ।

कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077