Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक छ : महामन्त्री थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद समेत दिए ।

महामन्त्री थापाले भनेका छन्, ‘आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् । त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ।’

महामन्त्री थापाले कारबाहीको सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास लिइएको समेत बताएका छन् ।

उनले मन्त्रीको यो सत्प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077