Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुनेमा गगन थापाको विश्वास

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।

बिहीबार अपरान्ह सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

उनले प्रतिवेदनले आधार र कारण खुलाएर जस–जसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षा मन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिँदै महामन्त्री थापाले भने,‘आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिका बिचमा प्रतिवेदन सार्वजनिक गर्नुनै आफैँमा सकारात्मक छ । प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन्, त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077