Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत पुनमदेवी कुर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार कुर्मीले नक्कली प्रमाणपत्र पेस गरी अध्यापन गरिरहेको भन्दै छानबिनको माग गर्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा कुर्मीले ठाकुर महेश्वर प्रसाद सिंह संस्कृत प्रा.सह उच्च विद्यालय भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र लिएको पाइएको थियो ।

उनलाई आयोगले कैद र जरिवाना दुवै सजायको मागदाबी ​गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077