Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता लिप्साले हामीलाई जनताको कठघरामा उभ्याइसक्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

नयाँ वर्षको शुभकामना दिँदै नेता कोइरालाले यस्तो बताएका हुन् । यो आक्रमणलाई निस्तेज पार्ने राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको उनको भनाइ छ।

नेता कोइरालाले भने,'राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले हामीलाई नराम्ररी जनताको कठघरामा उभ्याएको छ । राजनीति समाज सेवा हो, राष्ट्र निर्माणको अभियान हो र यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नुहुँदैन ।'

राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव नहुने नेता कोइरालाले बताए।

नेता कोइरालाले राजनीतिकर्मीहरुले प्राथमिकतामा सधै आफू र आफ्नो दललाई मात्रै हेरेकै कारणले जनतामा चरम निराशा पैदा भएको उल्लेख गरेका छन्।

नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प नभएको उल्लेख गर्दै यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077