Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३० सिटे दलले तर्साउने खेल बन्द गर्न एमाले र कांग्रेस सहकार्य गरौं : महामन्त्री थापा

बाँके । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग सम्वादका लागि प्रस्ताव गरेका छन् ।

पूर्व–पश्चिम संवाद यात्राका क्रममा बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले संवाद भन्ने बित्तिकै सरकार परिवर्तनको कुरा नबुझ्न आग्रह गरे । उनले निर्वाचन प्रणाली सुधारका लागि एमालेसँग सहकार्यको प्रस्ताव गरे।

महामन्त्री थापाले भने,‘कांग्रेसले गरेको जस्तै एमालेलाई पनि निर्वाचन अगाडि गठबन्धन नगर्ने निर्णयमा पुग्ने अवस्थामा पुर्‍याऔं । सकिन्छ भने संविधान बदलौं, नभए कानून बदलौं । राजनीतिक दलसम्बन्धी कानून संशोधनको चरणमा रहेको समयमा कांग्रेस र एमाले मिल्यौ भने चुनाव अघि पसर खोलेर धन्दा चलाउने । २०–३० सिटेले कहिले कांग्रेस कहिले एमालेलाई तर्साउने खेललाई सधैंलाई बन्द गरौं।’

चुनाव अघि गठबन्धन नगर्ने निर्णयमा एमालेलाई सहमत गराउन सके ३० सिटको दलले कहिले कांग्रेस र कहिले एमालेलाई तर्साउने खेल सधैंका लागि अन्त्य हुने महामन्त्री थापाले दाबी गरे।

महामन्त्री थापाले २०८२ सालमा महाधिवेशन गरेर कांग्रेसलाई सशक्त बनाउन तलैदेखि दबाब सृजना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077