Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीले गरे दाबी पेस

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीले गरे दाबी पेस

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 360
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

    आइतबार दिउँसो प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। नाउपासहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाका गरी २७ सांसदको साथ आफूलाई रहेको चौधरीको दाबी छ।



    नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरे ।



    ५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएको छ भने नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । त्यसैले प्रदेशसभामा बहुमत सिद्ध गर्न २६ सांसदको समर्थन आवश्यक पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार