Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सगरमाथाको अङ्ग्रेजी नामकरणमा विवाद, सगरमाथा नै राख्न सुझाव

    सगरमाथाको अङ्ग्रेजी नामकरणमा विवाद, सगरमाथा नै राख्न सुझाव

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 507
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति आपत्ति जनाउँदै विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

    इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आज गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरूले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरेका हुन् ।



    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए ।



    इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विक्रम संवत् १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थि ।

    ‘सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा शुरूमा केही अप्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन’, प्राडा मानन्धरले भने ।

    यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उनले बताए । कार्यक्रममा प्रा सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताए ।

    साथै उनले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराए ।

    यसैगरी, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मालगायतले इतिहास शिरोमणि आचार्यले नेपालको इतिहास र सगरमाथाको मौलिक पहिचानमा गरेको योगदानबारे चर्चा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार