Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अब सगरमाथामा मलमूत्र छाड्न नपाइने

    अब सगरमाथामा मलमूत्र छाड्न नपाइने

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 510
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् ।

    पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।



    पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा क्षेत्रको सरसफाइसम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तह मिलेर सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम ल्याउन लागिएको बताए ।



    उनले भने, “आगामी मार्च मध्यबाट सुरु हुने वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन विभागले विभिन्न निकायसँग छलफल जारी राखेको छ । सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका खाली सिलिन्डिर, क्यानलगायतका फोहोर रहेकाले त्यसको सरसफाइ र सर्वोच्च शिखरलाई दुर्गन्धित हुनबाट रोक्न विभागले कार्यविधि बनाइरहेको छ ।”

    आरोहीले आधार शिविरमाथि विसर्जन गरेको मलमूत्र हिमाली तापक्रमका कारण लामो समयसम्म सड्दैन । त्यसले एकातर्फ हिमालललाई दुर्गन्धित बनाउँदै लगेको र अर्कोतर्फ जलवायु परिवर्तनका कारण हिमालयको स्थितिबारे चिन्ता बढ्दै गएको समयमा यस्ता किसिमका फोहोरबाट हिमाल दुर्गन्धित हुन नदिन कार्यविधिमै समेट्न लागेको उनले बताए।

    सर्वोच्च शिखरलाई सफा राख्ने प्रयास स्वरूप यो कदम चालिएको बताउँदै उनले आगामी याममा नेपाली सेनाले हिलारी स्टेप, ल्होत्सेलगायतका क्षेत्रमा रहेका पाँच वटा मानव शव र फोहोर सङ्कलन गर्ने जानकारी दिए। गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार