Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, सर्लाहीबाट तीन जना पक्राउ

सर्लाही। जनता समाजवादी पार्टी (जसपा)का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।

आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा पूर्वसांसद साहमाथि आक्रमण भएको हो । आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको छ ।

राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सुरुमा पूर्वसांसद साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । पछि पूर्वसांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेर रवि पासवान र निकेश साह पनि घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077