Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस र एमाले मिलेर सत्ताको च्याँखे थाप्ने साना दोकान बन्द गरौं : महामन्त्री थापा

धनगढी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा गठबन्धन गरी २–४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका छन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रहेका महामन्त्री थापाले यस्तो बताएका हुन् । रेशम रन्जिता विवादलाई सङ्केत गर्दै महामन्त्री थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरे ।

महामन्त्री थापाले भने, ‘पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ । २०८१ सालभरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटार तिर पनि फर्केर नहेरौँ ।’

महामन्त्री थापाले नेपाली कांग्रेसले आगामी एक वर्ष सम्म सरकारमा जान नहुने बताए । उनले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए ।

गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । महामन्त्री थापाले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077