Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलाई इंगित गर्दै गगन थापाले भने - नयाँ पार्टीका नेताले सहकारी ठग्दा पनि छानबिन गर्नु पर्दैन कि !

कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको आवश्कता रहेको बताएका छन् ।

संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले प्रहरीको अनुसन्धान विश्वसनीय नभएकाले आफूहरूले संसदीय छानबिनको कुरा गरिरहेको बताए ।

महामन्त्री थापाले भने, ‘संसदमा यति कुरा भनियो– सहकारीको रकम अपचलन भएको छ, प्रहरीको अनुसन्धान विश्वसनीय छैन । हिजो सरकारी वकिलले प्रहरीको अनुसन्धानलाई आधार बनाएर मुद्दा दायर गर्यो । प्रहरीले के भन्यो भने– सहकारीमा ठगी गर्ने र अहिलेको गृहमन्त्री एउटै हुन्–होइनन् भनेर जाँच्ने मसँग क्षमता छैन भनेपछि अब संसदीय बनाएर खोज्नु पर्यो कि परेन ? जनतामा लोकप्रिय छु, सरकारका शक्तिशाली छु भन्दैमा नयाँ दलको नेतालाई छानबिन गर्नु पर्दैन?’

महामन्त्री थापाले सहकारी ठग्न रवि लामिछाने र गृहमन्त्री लामिछाने एउटै हुन्–होइनन् भनेर प्रहरीले छुट्याउन नसकेका कारण संसदीय छानबिनको औचित्य पुष्टि भएको बताए।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविको संलग्नताको प्रमाण प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा फेला परेको थियो । कांग्रेसले सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको भन्दै गत चैत ६ गतेदेखि संसद्मा लगातार संसदीय छानबिनको माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077