Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले गर्‍यो मधेश प्रदेशसभाको बैठक बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशसभाको बैठक बहिस्कार गरेको छ ।

प्रदेशसभा बैठक विधिसम्मत र लोकतान्त्रिक पद्धतिअनुरुप नचलाइएको भन्दै कांग्रेसले बहिस्कार गरेको हो ।

कांग्रेसको विरोधका बीच मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएका छन् । यस्तै जनमत पार्टी र लोसपाले पनि प्रदेशसभाको बैठक बहिस्कार गरेको छ ।

जबर्जस्ती बैठक चलाउन खोजिएको भन्दै सांसदहरू विरोधमा उत्रिएका छन् । उनीहरूले सभामुख रामचन्द्र मण्डलको माइकसमेत तानेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077