Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी टी-२० मा नेपालको वरीयता घट्यो

काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रियतर्फ नेपाली क्रिकेट टिमको वरीयता घटेको छ ।

आईसीसीले मंगलबार सावैजनिक गरेको वरीयता लिष्टमा नेपालको वरीयता १ स्थान तल झरेको हो ।

नेपालले अघिल्लाे महिना घरेलु मैदानमा भएकाे नेपाल नेदरल्यान्डस् र नामिबीयासँगकाे सिरिजमा ५ मध्ये ३ खेल हारेकाे थियाे ।

त्यस्तै एक स्थान मात्रै पछि रहेकाे यूएइले लगातार राम्राे नतिजा ल्याउँदा नेपाल पछि परेकाे हाे । यसअघि १६ औं स्थानमा रहेको नेपाल १ स्थान घट्दै १७ औं स्थानमा रहेको छ ।

त्यस्तै, एशोसिएट राष्ट्र युएई नेपाललाई उछिन्दै १६ औं स्थानमा उक्लिएको छ । टी-२० तर्फ भारत शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077