Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियल सेमिफाइनलमा प्रवेश

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो ।

सिटीको घरेलु मैदानमा भएको दोस्रो लेग १-१ गोलको बराबरीमा सकिएको थियो।

१२ मिनेटमा रोद्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

सिटीका लागि डी ब्रोएनाले बराबरी गोल फर्काए। त्यसपछि खेलमा कुनै गोल नभएपछि पेनाल्टी सुटआउटबाट नतिजाको टुङ्गो लगाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077