Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेसमा माओवादीबाट दुई र समाजवादीबाट एक जना मन्त्री नियुक्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्।

माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री मुख्यमन्त्री यादवले नियुक्त गरेका हुन्।

माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मुख्यमन्त्री यादवले मन्त्री नियुक्त भएका छन् ।

साह यसअघि मन्त्री समेत भइसकेका छन् भने बाँकी दुबै जना पहिलो पटक मन्त्री बनेका हुन्। आजै साढे तीन बजे प्रदेश प्रमुखको कार्यालयमा उनीहरूलाई शपथ ग्रहणको तयारी गरिएको छ।

यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ। यहीँ मन्त्रालयका राज्यमन्त्री रहबर अन्सारीलाई समेत पार्टीले फिर्ता बोलाएको छ।

मधेस प्रदेशमा ११ वटा मन्त्रालय रहेका छन्। त्यसमध्ये मुख्यमन्त्रीसहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रबाट अब २/२ जना मन्त्री भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077