Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशका नवनियुक्त सात मन्त्रीहरूले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।

गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले बिहीबार सरकारलाई पूर्णता दिँदै सात जना मन्त्री थप गरेका थिए।

थप गरिएका सातै जना मन्त्रीहरूले बिहीबार अपरान्ह ५ बजे शपथ लिएका हुन्।

नियुक्त भएका मन्त्रीहरूमा नेकपा एमालेबाट दिनेश पन्थी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल र रत्नबहादुर खत्री छन्। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्ग बस्नेत र नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी छन्।

यसअघि माओवादी केन्द्रबाट कृष्णा केसीको नाम मन्त्रीको सूचीमा रहे पनि अन्तिम समयमा उनले अस्वीकार गरेकी थिइन्।

यता नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारीको नाम भने अन्तिम समयमा थप गरिएको हो।

नवनियुक्त मन्त्रीहरूको विभागीय जिम्मेवारी भने तोकिएको छैन। सबैलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गराइएको छ।

गत चैत २३ गते मन्त्री नियुक्त भएका तीन जनाको भने जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077