Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ

    छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 843
    SHARES

    पोखरा । भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम धनीलाई बुझाएका छन् ।

    अहिले पोखरा महानगरपालिका वडा नम्बर ३ बस्ने छोटुलाल शर्माले बाटोमा फेला पारेको रकम प्रहरीको रोहबरमा माता श्री ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनारलाई बुझाएका हुन् ।



    बिहीबार दिउँसो साढे १ बजेटिर पोखरा–८, पृथ्वीचोकमा रहेको ज्वेलर्सबाट त्यहाँका कालिगढ मनोहर पवँर रकम जम्मा गर्न नयाँबजारको कृषि विकास बैंक जाने क्रममा बाटोमा सो रकम राखिएको झोला खसेको थियो ।



    मोटरसाइकलको लेगार्डमा राखिएको रकमसहितको झोला खसेको र पाउने शर्माले प्रहरीलाई जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार