Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जन्ती बोकेको बस दुर्घटना : ३ जनाको मृत्यु, ५२ घाइते

दोलखा । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथली नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।

स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077