Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते

    काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 273
    SHARES

    फाइल तस्विर

    धनकुटा । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

    काठमाडौंबाट संखुवासभा जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रोबस धनकुटा नगरपलिका-२ रूद्रबारी भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्।



    जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार तीव्र गतिका कारण अनियन्त्रित भएपछि माइक्रोबस घुम्ति सडकबाट अन्दाजी ७५ मिटर तल खसेको हो।



    दुर्घटनामा परी चालक र एक बालकसहित २१ जना घाइते भएका छन् ।

    बिहान सवा २ बजे दुर्घटनास्थल पुगेको प्रहरीले बिहान साढे ४ बजेसम्म घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

    दुर्घटनामा घाइते भएका चालक हरिशरण आलेमगर डिस्चार्ज भइसकेको र उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार