Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रण बाहिर, निभाउने प्रयास जारी

    धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रण बाहिर, निभाउने प्रयास जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 576
    SHARES

    धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा भीषण आगलागी भएको छ ।

    आगलागी नियन्त्रण बाहिर रहेको र धनकुटा नगरपालिकाका साथै लालीगुराँश नगरपालिकाका दमकल मगाइएको छ ।



    छथर जोरपाटी वडा नं ६ का अध्यक्ष दिपक गुरुङका अनुसार दमकल आउँदै छन् । आगलागीबाट ३ घर जलेर पूरै क्षति भएको र बजारका अन्य घर जोखिममा रहेको उनले बताए ।



    बस्तीको बीचमा आगलागी भएकाले आगो फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको भए पनि ग्यास सिलिन्डर पड्केका कारण समस्या भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार