Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धनगढीको सारथी अस्पतालसहित आठ पसलमा आगलागी

    धनगढीको सारथी अस्पतालसहित आठ पसलमा आगलागी

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 957
    SHARES

    कैलाली । धनगढीमा भीषण आगलागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।



    आगो भण्डारी जनरल स्टोरबाट सरेर टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप९बेवी सपको गोदाम०, बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर (ब्याग हाउस), जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर (कपडाको गोदाम), यसोदा साउदले संचालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी (कपडा,जुत्ता,व्यागको गोदाम), गौरी भण्डारीले संचालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथी अस्पताल कैलाली र जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस)मा समेत पुगेर क्षति गरेको प्रहरीले जनाएको छ।



    राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार