Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाक्सिला बजार आगलागी : पाँच घर जलेर नष्ट हुँदा पाँच करोड क्षति

    बाक्सिला बजार आगलागी : पाँच घर जलेर नष्ट हुँदा पाँच करोड क्षति

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 645
    SHARES

    फाइल तस्विर

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको हो ।

    आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो। उक्त आगो नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काइएको थियो। परम्परागत रुपमा एकआपसमा जोडेर ढुङ्गामाटो तथा काठ प्रयोग गरेर बनाइएको जस्तापाताको छाना भएको घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीले करिब चार घण्टा लगाएर नियन्त्रणमा लिएको थियो।



    आगलागीमा दीपकको तीनतले घर तथा घरमा भएका नगद रु एक लाख, पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ५४ लाख ८५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सोही घर भाडामा लिएर पसल गर्ने रत्ना गुरुङको नगद रु ७५ हजारसहित पसललगायत बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु १३ लाख ७२ हजार क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।



    रमेशको तीनतले घर, घरमा भएको नगद रु एक लाख, टेलर्स पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ७१ लाख नौ हजार बराबरको क्षति भएको छ। शुभराजको तीनतले घर भाडामा लिएर गाउँपालिका प्रमुख समिर राईले सञ्चालन गरेको कपडा, किराना तथा पुस्तक पसल, नगद रु दुई लाख लगायतका सामग्री जलेर नष्ट हुँदा रु एक करोड २५ लाख क्षति भएको छ।

    सोही घरमा सञ्चालित इन्द्रा राईको होटल जलेर नष्ट हुँदा रु सात लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। शुभराज भने घर भाडामा दिएर काठमाडौँमा बस्दै आएको स्थानीय बासिन्दाले बताएका छन्। अकबरको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जल्दा रु त्रीसाठी लाख क्षति भएका जनाइएको छ। सोही घरमा सञ्चालित नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको कांग्रेसले जनाएको छ।

    डिल्लीकुमारको तीनतले घर, नगद रु ५० हजार, भाँडा तथा कपडा पसल जल्दा रु एक करोड ४१ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सोही घरमा डिल्लीकुमारको छोरा पवन श्रेष्ठले सञ्चालन गर्दै आएको भाँडा पसल र नगद रु ४० हजार जल्दा रु २० लाख ४० हजार बराबरको क्षति भएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार