Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट

    गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।

    आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका १ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएका हुन् ।



    आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागीबाट वडाध्यक्ष पिआर मल्लको घर पनि जलेको छ ।



    पुतली शाही, प्रदीप रावल, सन्त सिलवाल, सान्त्वना खत्री, जंग शाही र सोनाम लामाको घर पूर्ण रूपमा क्षति भएको छ ।

    प्रहरीका अनुसार करिब ११० सुरक्षाकर्मी परिचालन गरी बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको छ थियो । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार