Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सोलुखुम्बुको नेले बजारमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

    सोलुखुम्बुको नेले बजारमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 978
    SHARES

    फाइल तस्विर

    सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ स्थित नेले बजारमा भीषण आगलागी भएको छ । आज अपरान्ह ४ बजेदेखि सुरु भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बुद्धि बहादुर कार्कीको घरबाट विद्युत सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेतको दाजुभाईको घर नष्ट भइसकेको छ भने प्रणय राईको घरमा समेत आगो सल्किएको छ ।



    आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् ।



    आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनील मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दम्कल प्रस्थान गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार