Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अर्घाखाँचीको धारापानीमा आगलागी हुँदा २० घरगोठ जले

    अर्घाखाँचीको धारापानीमा आगलागी हुँदा २० घरगोठ जले

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 270
    SHARES

    अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीमा भीषण आगलागीका भएको छ ।

    आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।



    भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।



    प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार