Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘यातायातको कर्मचारी हुँ’ भन्दै ठगी गर्ने राजु परियार पक्राउ

काठमाडौं । यातायातको कर्मचारी हुँ भनेर ठगेको आरोपमा ललितपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३५ वर्षीय राजु परियार छन् ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट गाडीको लाइसेन्स बनाइदिन्छु भनेर परियारले रकम असुल्ने गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

परियारविरुद्ध ५ जनाले सामूहिक जाहेरी दिएका थिए।

सवारी चालक अनुमति पत्र बनाइदिन्छु भनेर आरोपीले १० हजार देखी २५ हजार सम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077