Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशमले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा न्यायाधीशद्वय भट्टराई र शर्माको इजलासमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको हो। यसअघि चैत्र ३० गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन बहस भएन।

वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा राखिएको सो मुद्दा वैशाख ७ गते अन्य आदेश जारी गरेको थियो। त्यसअघि चैत्र २५ गते सर्वोच्चले नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरीलाई मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो। अधिवेशनपछि उनले अध्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

तर,निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिने र श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको थियो। त्यसपछि रेशमले श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077