Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किन अमेरिका उडे कांग्रेस महामन्त्री थापा ?

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका उडेका छन् ।

इलाम २ मा हुने उपनिर्वाचनको प्रचारप्रसारबाट फर्किएलगत्तै महामन्त्री थापा अमेरिका प्रस्थान गरेका हुन् ।

यसअघि नै थापाको परिवार अमेरिका पुगिसकेको छ । अमेरिकामा महामन्त्री थापा पारिवारिक घुमघाम र जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

सोमबार महामन्त्री थापाले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै छन्।

महामन्त्री थापाले मिन्नेसोटा र क्यालिफोर्नियामा पारिवारिक भेटघाट गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077