Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइन सट्टेबाजीमा संलग्न १५ जना पक्राउ

बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझीबाट विभिन्न अनलाइन माध्यमको प्रयोग गरि सट्टेबाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको आरोमा १५ जना पक्राउ परेका छन् ।

बर्दिया गुलरीया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेलसहित १५ जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेबाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेबपोर्टलमार्फत आइपिएल लगायत खेलहरूमा अनलाइन सट्टेबाजी गराएको खुल्न आएको छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077