Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समाजवादीका अध्यक्ष नेपालको प्रश्न - ओल्टेकोल्टे गरेको गठबन्धन कति दिन टिक्ने हो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन्।

सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठेको बताए ।

उनले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’

गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बताए ।

आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको बताए ।

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरू, समानता र न्याय, रोजगारीका समस्याहरू, आर्थिक उन्नतिको कुरामा कम्युनिस्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077