Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेलाई कांग्रेस सभापति देउवाको प्रश्न - मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी गरेका छन् ।

नेकपाको हीरक महोत्सवमा विशेष सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् ।

सभापति देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किन पुगे।

सभापति देउवाले भने, ‘गाली गरेपछि जवाफ त दिनुपर्‍यो । मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ? पछि ड्राइभर पनि मारियो ।’

उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने भन्दै भने, ‘तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’

देउवाले कांग्रेसको विरोध गर्दैमा मदन भण्डारीको हत्यारा पत्ता नलाग्ने भन्दै पटकपटक सत्तामा पुग्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिए ।

उनले कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै गाली गर्न छुट रहेको पनि बताए । तर मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077