Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कटुवा पेस्तोलसहित तीन जना पक्राउ

बाँके । नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३, लोनियनपुरुवाबाट सोमबार एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको हो ।

कटुवा पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ का सदराम बागवान, सोही ठेगाना भएका साकिर अलि बागवान र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का हुसेन बागवानलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

भे ६ प ४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार तीनै जनालाई शङ्का लागि चेकजाँच गर्दा हुसेन बागवानको साथबाट कटुवा पेस्तोल एक थान, उक्त पेस्तोलमा प्रयोग हुने गोली एक थान र तीन थान मोबाइल समेत बरामद गरिएको छ ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077