Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतारका अमिरसँग राष्ट्रपति पौडेलको आग्रह - विपिन जोशीको रिहाइका लागि पहल गरिदिनू

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेल सो आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा अल थानी मङ्गलबार अपरान्ह काठमाडौं आएका छन् ।

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपीनको रिहाई महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाईका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको बताइएको छ ।

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी जोशी वेपत्ता नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077