Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

    सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 450
    SHARES

    फाइल तस्विर

    इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज आगलागी भएको छ । आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

    आगो उनका छिमेकी रामदेव मेहताको घरमा राखिएको परालमा सल्केपछि अन्य १५ घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।



    आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएका छन् । उनको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।



    आगोले शिशौ टोलका सात परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ । आगोबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेकोे प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले आगो निभाएका थिए । आगो निभाउन सात दमकल प्रयोग गरिएको थियो । आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि पीडितको बिचल्ली भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार