Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

कतारका अमिर आज स्वदेश फर्किंदै, बिदाइ गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किंदै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्तापछि अमिर आजै स्वदेश फर्किन लागेका हुन् ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

कतारका अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077