Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

कतारी राजा थानीको नेपाल भ्रमण : सहकार्यको बाटो खुल्यो, मुख्य विषय ओझेलमा

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको मुखैमा मध्यपूर्वको धनी देश कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । उनको भ्रमणले लगानी सम्मेलनमा सकारात्मक प्रभाव पार्न सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता, कूटनीति र उद्योग वाणिज्य क्षेत्रलगायत ८ वटा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। तर झण्डै चार लाख नेपाली श्रमिकका रूपमा काम गरिरहेको नेपालको प्रमुख श्रम गन्तव्य देशका राजाको भ्रमणमा कतारमा कार्यरत नेपाली कामदारको हकहितका विषयमा भने छलफल भएन।

नेपाल र कतारबीच सन् २००५ को मार्च २१ मा नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो भने त्यसको तीन वर्षपछि सन् २००८ को जनवरी २० मा उक्त सम्झौताको अतिरिक्त प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

१६ वर्ष पुरानो उक्त सम्झौतामा पुनरावलोकनका लागि नेपालले कुरा उठाएको भए पनि कतारले चासो नदेखाएको कारण यो भ्रमणमा श्रम सम्झौतासम्बन्धी कुरा नउठेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्यालले कतारी राजाको नेपाल भ्रमणअघि नेपाल समाचारपत्रसँगको कु्राकानीमा श्रम सम्झौताको पुनरावलोकनका लागि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् पठाएको र परराष्ट्रले पनि नेपालस्थित कतारी दूतावासमार्फत् पत्राचार गरिसकेको भए पनि त्यसको सकारात्मक जवाफ नआएको बताएका थिए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077