Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । कर्णाली प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको हो ।

विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए।

चैत २७ गते मुख्यमन्त्री बनेका कँडेलेले मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मंगलबार नै विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन्।

नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077