Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेश प्रदेशमा बेची लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी

जनकपुरधाम। मधेश प्रदेशमा बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेली श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्।

नेकपा एकीकृत समाजवादीबाट गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी लुंगेलीले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।

यस्तै माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री रहेका भरतप्रसाद साहले अर्थ मन्त्रालय लिने अडानमा छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिनु पूर्व अर्थ मन्त्रालय दिने वचन पूरा गर्नु पर्ने उनको माग छ ।

मुख्यमन्त्री यादवले उनलाई अर्थ नदिएर बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिन चाहेका छन् ।

तर, साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077