Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। प्रदेश सभामा कँडेलले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो।

कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।

यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् । बिहीबारको मतदानमा ३५ प्रदेश सभा सदस्य सहभागी थिए।

विश्वासको मत माग्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सभाको स्थापनाकालदेखि निरन्तर एउटा जनप्रतिनिधिका हिसाबले भूमिका निर्वाह गर्ने अवसर जनताले प्रदान गरेको अवस्थालाई आफूले राम्रोसँग महसुस गरिरहेको बताए। कँडेल गत चैत २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

त्यस दिन एक्लै सपथ लिएका उनले बुधबार मात्रै एक जना बिना विभागीय मन्त्री नियुक्त गरेका थिए। विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद्‌लाई पूर्णता दिने उनको तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077