Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन पद्धतिका बारेमा सोच्नुपर्ने बेला आएको छ : सभामुख घिमिरे

पाल्पा । सभामुख देवराज घिमिरेले स्थिर सरकार नहुँदा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको बताएका छन् ।

पाल्पाको तानसेनमा एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो दाबी गरेका हुन् । उनले संसदीय भूमिका प्रभावकारी बनाउन सुशासन आवश्यक रहेको र त्यसका लागि सरकारको स्थायीयत्व जरुरी भएको बताए ।

सभामुख घिमिरेले सरकारको स्थायित्व नहुँदा संसदीय व्यवस्थामा धेरै असर गरेको बताए।

सभामुख घिमिरेले भने, ‘अब निर्वाचन पद्धतिका बारेमै नै नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ। निर्वाचन सरल, स्वभाविक ढंगबाट लाने प्रबन्ध गर्नुपर्ने हुन्छ ।’

उनले निर्वाचित जनप्रतिनिधिको स्थिर सरकार बन्नका लागि बहुमत आउने खालको प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले यी विषयमा समेत बहस र छलफल हुनुपर्नेमा जोड दिए ।

उनले ऐन कानुनहरु बन्नुअघि ध्यान दिनुपर्ने कुराहरु के के हुन सक्छन् र कानुन बनेपछि कार्यान्वयन कसरी भएको छ भन्ने विषयमासमेत ध्यानदिनुपर्ने बताए ।

कानुन बनेपछि यसको प्रभावकारिताका विषयमासमेत संघीय र प्रदेशसभाका सभामुख, उपसभामुखले सरकारलाई निर्देशन र सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077