Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्लाहीमा मकैबारीभित्र युवकको शव फेला

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा मकैबारीभित्र युवकको शव फेला परेको छ।

स्थानीय रामचन्द्र साहको मकैबारीमा सोही स्थानका सीताराम साहका २० वर्षीय छोरा अरविन्द साहको शव फेला परेको हो ।

शुक्रबार साँझ घरबाट निस्केका साह शनिबार बिहान मकैबारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

साहको शरीरमा कुनै ठूलो चोट देखिएको छैन। कसरी मृत्यु भएको हो त्यसबारे अनुसन्धान भइरहेको छ।

साहको शवलाई पोस्टमार्टम गर्नका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077