Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको पत्र - अब कोशीमा नयाँ सरकार गठन हुन सक्दैन

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र लेखेर गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङलाई तीन पृष्ठ लामो पत्र बुझाउँदै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन्। मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्ताव गैरसंवैधानिक भएको जिकिर गरे ।

संविधानको मर्मविपरीत धारा १६८ को कुनै उपयुक्त धारा प्रयोग गरी सरकार निमार्ण गर्नु भन्ने आदेशात्मक अभिप्रायले संकल्प प्रस्ताव ल्याएको भन्दै उनले भनेका छन्, ‘संविधानको कार्यान्वयन गर्न प्रदशे प्रमुख जस्तो संवैधानिक रुपमा रहेको प्रदेश प्रमुखले अझ गम्भीर भई संविधानको मर्म एवं भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने अवस्था रहेको व्यहोरा नेपालको संविधानको धारा १७३ बमोजिम जानकारी गराउँदछु ।’

कार्की संविधानको धारा १६८(५) अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077