Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर नतिरेपछि एलओडीसहितका क्लबलाई महानगरपालिकाको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनरञ्जन कर नतिर्नेहरुमाथि ताकेता गरेको छ ।

महानगरपालिकाले एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर असुल्न ताकेता गरेको हो ।

महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको हो ।

जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर ०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ ।

महानगरले यसअघि १६ फागुन ०८० मा रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077