Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु

भक्तपुर। भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा उनीहरुको मृत्यु भएको हो।

चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्रममा अचेत भएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरु त्यहाँ टहरो बनाएर बस्दै आएका थिए । मृतक काका भतिज हुन् । इनार खन्दा उनीहरु ५५ फिट तल पुगेपछि बेहोस भएका थिए।

प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टोली र सशस्त्र प्रहरीको उद्धार टिमले उनीहरुलाई इनारबाट निकालेर भक्तपुर अस्पतालमा पठाएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077