Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले पर्साको अधिवेशनमा विवाद हुँदा कुटाकुट

वीरगन्ज । नेकपा एमाले पर्साको निर्वाचनमा विवाद हुँदा कार्यकर्ताबीच कुटाकुट भएको छ ।

शुक्रबार वीरगन्जस्थित अनमोल पार्टी प्यालेसमा उपाध्यक्षसहित पदाधिकारी चयनका लागि हुने भनिएको निर्वाचनमा कार्यकर्ताबीच कुटाकुट हुदाँ जिल्ला उपसचिव पदका उम्मेदवार रामकिशोर सिंह पराग घाइते भएका हुन् ।

उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । निर्वाचनमा धाँधली गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेदवार लालबाबु शेख पक्षधरले दिउँसै निर्वाचन समितिको कोठामा तालाबन्दी गरेका थिए ।

त्यसका बावजुद निर्वाचन समितिले जबरजस्ती मतदान गराउन खोजेपछि त्यसको प्रतिवाद गर्दा कार्यकर्ताबीच कुटाकुट भएको बताइएको छ ।

अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका विश्वम्भर शर्मा पक्षकाले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको शर्माले बताए । इतर पक्षका अन्य नेताहरूमाथि पनि हातपात भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077