Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले सचिव भट्टराईले भने - गठबन्धन सरकार कहिलेसम्म टिक्छ भन्न सकिदैन

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार कहिलेसम्म जान्छ भनेर यकिन गर्न नसकिने बताएका छन् ।

नेकपा एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिबेशनको सिलसिलामा ताप्लेजुङ आएका सचिव भट्टराईले यस्तो बताएका हुन्।

माधव नेपालप्रति लक्षित गर्दै भट्टराईले एमाले, माओवादी, रास्वपा र जसपाका नेताले बसेर गरेको सहमतिमा अन्य कतिपय नेताले घच्याक घुचुक गर्न खोजेको बताए ।

कतिपयले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने आशय ब्यक्त गरिरहेको भएपनि त्यो समय घर्किसकेको उनको दाबी छ ।

सचिव भट्टराईले भने,'हाम्रा अध्यक्ष (केपी शर्मा ओली) ले कांग्रेसलाई धारा ७६ (२) अनुसार सरकार बनाऔँ हामी समर्थन गर्छौ भनेकै हो, तर देउवाले ७६ (३) अनुसारको बनाउन खोज्नु भयो हामीले त्यो दिएनौं।'

इलाम र बझाङको निर्वाचनले संसदीय गणितमा फरक नपारेपनि मुलुकको मुख्य प्रतिष्पर्धी दल कांग्रेस र एमाले नै भएको प्रष्ट सन्देश दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077