Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वारेजको ह्याट्रिकमा मियामीको सहज जित

काठमाडौं । लुइस स्वारेजको ह्याट्रिकप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा एनवाई रेड बुल्सविरुद्ध ६–२ को सहज जित निकालेको छ ।

आइतबार बिहान भएको खेलमा मियामीलाई जित दिलाउन स्वारेजले ह्याट्रिक गर्दा माटियस रोजासले दुई र कप्तान लियोनल मेसीले एक गोल थपे ।

रेड बुल्सका डान्टे भाजैर एमिल फोर्सबर्गले गोल फर्काएका थिए ।

जितसँगै १२ खेलबाट २४ अंक जोडेको मियामी एमएलएस इस्र्टन कन्फेरेन्सको शीर्ष स्थानमा छ ।

११ खेलबाट १७ अंकको रेड बुल्स तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077