Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३० हजार घुससहित मालपोत कार्यालय कपिलवस्तुका सुब्बा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बालाई ३० हजार नगद घुस सहित पक्राउ गरेको छ।

कार्यालयका नायब सुब्बा नरहरी आचार्यलाई अख्तियारको टोलीले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै घुस लिँदालिँदै पक्राउ गरेको हो।

नायब सुब्बा आचार्यले सेवाग्राहीबाट नगद ३० हजार रुपैयाँ घुस मागेका थिए ।

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाट उनलाई पक्राउ गरिएको हो।

अख्तियार टोलीले अन्य कागजी प्रक्रियाको काम अघि बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077